+
+
Shares

कोरोना संक्रमित बढ्न थालेपछि वडा कार्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १७:१७

१ भदौ, कैलाली । वडामा कोरोना संक्रमित बढ्न थालेपछि धनगढी उप-महानगरपालिका वडानम्बर ३ को कार्यालय बन्द गरिएको छ । वडा कार्यसमितिको बैठकले आगामी १० गतेसम्मका लागि वडा कार्यालय बन्द गर्ने निर्णय गरेको वडाध्यक्ष बलबहादुर ऐरले जानकारी दिए ।

‘अहिले पनि हामीले यस्तो गरेनौँ भने समुदायमा भुसको आगोझैँ कोरोना फैलिन सक्छ,’ उनले भने, ‘समुदायमा कोरोना देखिन थालेको छ, त्यही नियन्त्रण गर्न वडा कार्यालय बन्द गर्ने निर्णय गरेका हौँ ।’

उनले अत्यावश्यक काम बाहेक अन्य कामका लागि नागरिकलाई घर बाहिर नआउन पनि आग्रह गरेका छन् । ‘समुदायमा संक्रमण देखिन थालेको छ,’ उनले भने, ‘अझै लापरबाही गर्‍यौँ भने अवस्था नसोचेको हुन सक्छ ।’

वडानम्बर ३ का ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । तीमध्ये ३ जना भारतबाट आएका, एकजना तेस्रो मुलुकबाट र एकजन स्थानीय हुन् ।

वडानम्बर ३ मै रहेको अस्थायी प्रहरी पोस्टमा कार्यरत वडानम्बर २ का एक प्रहरीमा पनि केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोस मुड्भरीले अन्य वडा बन्द गर्ने नगर्ने विषयमा पनि छलफल भइरहेको बताए ।

बैंक बन्द

धनगढीको ग्लोबल आइएमई बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएपछि बैंक बन्द गरिएको छ । कोरोना पुष्टि हुने बित्तिकै सेवाग्राहीलाई बाहिर पठाएर बैंक बन्द गरिएको हो।

कर्मचारीमा संक्रमण देखिएपछि बैंक बन्द गर्ने निर्णय भइसकेको र कति दिन बन्द गर्नेबारे छलफल भइरहेको क्षेत्रीय प्रबन्धक मुकुन्द भट्टले बताए ।

अहिलेसम्म धनगढीमा १४४ जनामा कोराना संक्रमणको पुष्टि भइसकेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?