+
+
Shares

प्रादेशिक अस्पतालका चिकित्सक खनाललाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १८:३५

१ भदौ, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका शल्य चिकित्सक डा. कृष्ण खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

डा. खनालले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी गराएका हुन् ।

‘मेरो कोभिड–१९ पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनमा रहेको छु, मेरो सम्पर्कमा आएकाहरूले परीक्षण गरी ढुक्क हुनुहोस्’ डा. खनालले फसबुकमा लेखेका छन् ।

उनले आफू सुरक्षित आइसोलेसनमा रहेको जानकारी गराउँदै आफ्नो सम्पर्कमा आएकाहरूलाई पनि परीक्षण गरी ढुक्क हुन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?