Comments Add Comment

स्रोत नखुलेको ३ लाख रुपैयाँसहित एकजना पक्राउ

१ भदौ, वीरगञ्ज । पर्साबाट स्रोत नखुलेको तीन लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । छिपहरमाई गाउँपालिका–२ चरगाहा बस्ने ३५ वर्षीय सतेन्द्र साह गुप्ता स्रोत नखुलेको रकम सहित पक्राउ परेका हुन् ।

हुण्डीको रकमसहित गुप्तालाई पक्राउ गरेको प्रहरीको दाबी छ । अवैध वित्तीय कारोबार(हुण्डी)को रकम लिएर आउँदै गरेको छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी टिहुकीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।

ना.६५ प १७८१ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा प्रहरीले उनलाई  साउन ३२ गते बिहान १० बजे चरगाहाबाट नियन्त्रणमा लिएको थियो । उनको साथबाट स्रोत खुल्न नसकेको ३ लाख ८ सय ५० रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

‘उनको साथबाट बरामद भएको रकमको स्रोत खुल्न सकेको छैन,’ प्रहरी नायब उपरीक्षक कुँवरले भने, ‘उनी लामो समयदेखि हुण्डी कारोबारमा संलग्न रहेको सूचना हामीले पाएका छौं । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment