
१ भदौ, जनकपुरधाम । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढ्दै गएपछि महोत्तरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।
आगामी भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । उनका अनुसार सोमबार राति १२ बजेदेखि नै निषेधाज्ञा लागू हुनेछ ।
यसअघि सदरमुकाम जलेश्वर, मटिहानी, गौशाला, बर्दिवास नगरपालिका र महोत्तरी गाउँपालिकामा निषेधाज्ञा लगाइएको थियो ।
पछिल्लो समय कोरोना संक्रमणको थप जोखिम बढ्दै गएका कारण जिल्लाभरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।
प्रदेश २ को महोत्तरीसहित आठ वटै जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4