+
+

टिभिएसले लाईभ सार्वजनिक गर्दै स्मार्ट मोटरसाइकल

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १८:२९

१ भदौ, काठमाडौं ।  अटोमोबाइल कम्पनी टिभिएस् मोटरको २ र ३ चक्के सवारीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले सोमबारदेखि स्मार्ट कनेक्ट र एबिएस सहितको आफ्नो २०० सिसिको नयाँ मोडल सार्वजनिक गर्ने भएको छ।

कम्पनीले उक्त मोटरसाइकल नेपालमै प्रथम पटक ६ बजे लाईभ स्मार्ट लन्चमार्फत सार्वजनिक गर्ने भएको हो।

सो कार्यक्रम जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेज लगायत अन्य १०० भन्दा ज्यादा चर्चित फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।

उक्त लाईभ स्मार्ट लन्च कार्यक्रममा नयाँ मोटरसाइकलको अनावरण राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले गर्ने भएका छन्।

नयाँ मोटरसाइकल अनावरण बाहेक उक्त कार्यक्रममा चर्चित कलाकार स्वप्न सुमन, तृष्णा गुरुङ र समृद्धि राईले रोमाञ्चक सांगीतिक प्रस्तुति समेत प्रदान गर्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?