Comments Add Comment

कास्कीमा आज राति १२ बजेदेखि ७ गतेसम्म निषेधाज्ञा

२ भदौ, पोखरा । कास्की जिल्लामा आज राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्लास्तरीय कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णयपछि सुरक्षा समितिको बैठक बसेर आजदेखि ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

विज्ञहरुसँगको छलफलपछि पोखरा महानगरपालिकाले प्रदेशको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा निषेधाज्ञा जारी गर्न सिफारिस गरेको थियो । सोमबार बसेको सीसीएमसीको बैठकले स्थानीय सरकारको समन्वयमा जिल्ला प्रशासन कार्यालयलाई आवश्यकताअनुसार निषेधाज्ञा जारी गर्न अनुमति दिएको थियो ।

मंगलबारको बैठकले ७ दिनका लागि निषेधाज्ञा जारी गर्ने र कार्यान्वयन गराउन सुरक्षा संयन्त्रसमेत परिचालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

चाडवाड नजिकिएसँगै कोरोना संक्रमणको जोखिम पनि बढेको छ भने पछिल्लो समय समुदायस्तरमा संक्रमितको संख्या पनि ह्वात्तै बढेकाले ५ दिन निषेधाज्ञा जारी भएको कास्की प्रहरी प्रमुख जीवनराम श्रेष्ठले जानकारी दिए ।

पोखरा महानगरपालिकाभित्र सोमबार राति र बिहानमात्रै १५ जनामा संक्रमण पुष्टि भइसकेको छ । निषेधाज्ञा जारी भएसँगै अत्यावश्यकबाहेक सबै गतिविधि ठप्प हुने छ । अहिले ५ दिनका लागि निषेधाज्ञा जारी गरिएको र आवश्यक परे फेरि थप गर्न सकिने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment