Comments Add Comment

भक्तपुर नगरपालिका क्षेत्रमा छोटो दुरीका सवारी साधन भदौ १५ सम्म नचल्ने

२ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि भक्तपुर नगरपालिका क्षेत्रमा छोटो दुरीका सार्वजनिक यातायातका साधन भदौ १५ मा सञ्चालन नहुने भएको छ ।

नगरपालिकाले भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरुसँग मंगलबार छलफल गर्दै भदौ ३ देखि १५ गतेसम्म छोटो दुरीका सार्वजनिक यातायात बन्द गर्ने निर्णय भएको नगर प्रमुख सुनिल प्रजापतिले अनलाइनखबरलाई जानकारी दिए ।

काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका कारण भक्तपुर नगर क्षेत्रभित्र चल्ने १, ७ र ९ नम्बर रुटका छोटो दुरीका सवारी साधन नचलाउने निर्णय भएको नगर प्रमुख प्रजापतिले बताए ।

भक्तपुरमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको र संक्रमण समुदायस्तरमा समेत फैलन सक्ने जोखिम बढेका कारण भक्तपुर नगरभित्रबाट काठमाडौं‌ उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका छोटो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको उनको भनाइ छ ।

छलफलमा मध्य उपत्यका यातायात सेवा प्रालिका सुपरभाइजर बालकृष्ण प्रधान, भक्तपुर मिनीबस यातायात प्रालिका प्रबन्धक रामकाजी भुजु लगायतको सहभागिता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment