News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको चाँगुनारायण नगरपालिका-९ मा तास खेलिरहेका सात जनालाई नगद १८ हजार ४५५ रूपैयाँसहित प्रहरीले गएराति नियन्त्रणमा लिएको छ ।
- रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ बाट तास खेल्दै गरेका ११ जनालाई ६१ हजार ८०५ रूपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको छ ।
- पक्राउ परेका दुवै समूहलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी वृत्त र कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
२१ साउन, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आरती खाजाघरमा तास खेलिरहेकाहरुलाई गएराति पौने एक बजे प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट नगद १८ हजार ४५५ रुपैयाँ र तीन बुक तास बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त जगाती भक्तपुरमा राखिएको छ ।
बुटवलको देवीनगरबाट ११ जना नियन्त्रणमा
यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगरबाट पनि प्रहरीले तास खेलिरहेका ११ जनालाई नियन्त्रणमा लिएको छ ।
तास खेलिरहेको सूचना पाउनासाथ खटिएको वडा प्रहरी कार्यालय बुटवलको टोलीले हिजो साँझ साढे पाँच बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट ६१ हजार ८०५ रुपैयाँ नगद र ९ बुक तास पनि बरामद भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4