Comments Add Comment

चितवनमा थप ३० जनामा देखियो कोरोना

३ भदौ, चितवन । चितवनमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन जिल्लाका २० र अन्य विभिन्न जिल्लाबाट उपचारका लागि चितवन आएका १० जना गरी ३० जनामा कोरोना संक्रमण देखिएको हो ।

भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिकाका १२ जना, खैरहनीका ५ जना, राप्ती नगरपालिकाका २ जना र रत्ननगरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, नवलपुरका ५, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराबाट उपचारका लागि आएका  एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल, मौलाकालिका अस्पताल र नारायणी सामुदायिक अस्पतालबाट लिइएको स्वाबमा भरतपुरका ५ पुरूष र ७ महिला गरी १२ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । उनीहरू भरतपुर–१, २, ३, ४, ७, १० र ११ का बासिन्दा हुन् । संक्रमित पुरुषहरू १९ देखि ६५ वर्ष उमेर समूहका छन् । महिलाहरू ९ वर्षकी बालिकादेखि ४४ वर्ष उमेर समूहका छन् ।

यस्तै, खैरहनी नगरपालिका–३ का पाँच जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एकजना मंगलबार विहान निधन भएकी १०८ वर्षीया वृद्धा हुन् । अन्य चार जना संक्रमित ती वृद्धाको हेरचाहमा खटिएका महिला हुन् । उनीहरु होम क्वारेन्टिनमा थिए ।

त्यस्तै राप्ती नगरपालिका–४ र ५ का २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल र नारायणी सामुदायिक अस्पतालबाट गरिएको स्वाब संकलनमा १९ र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै रत्ननगर नगरपालिका–१० का २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ती पुरुषको चितवन मेडिकल कलेजबाट स्वाब संकलन गरिएको थियो ।

यस्तै, भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट गरिएको स्वाब संकलनमा पूर्वी नवलपरासी (नवलपुर) का ३ पुरुष र दुई महिलामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट गरिएको स्वाब संकलनमा महोत्तरीका ४४ वर्षीय पुरुष, बागेश्वरी डाइग्नोस्टिक ल्याबबाट गरिएको स्वाब संकलनमा बाँकेकी ३३ वर्षीया महिला, चितवन मेडिकल कलेजबाट गरिएको स्वाब संकलनमा तनहुँका २९ वर्षीय पुरुष, मकवानपुर हेटौंडा–१९ की ६६ वर्षीया महिला र बाराका ७७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा मंगलबार राति १२ बजेसम्म ५०० नमुना परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment