
३ भदौ, कैलाली । बाजुरामा बाढी पहिरोमा परेर २ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्लाको खप्तड छेडेदह गाउँपालिका १ का मीन बहादुर बुढाकी ३ वर्षीया छोरी सुमीका बुढाको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
उनकी ५ वर्षीया दिदी विनिता बुढा र ६५ वर्षीया हजुरआमा नन्दादेवी बुढा पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
त्यस्तै बाजुरामै बढीगाढ र धुपे खोलामा आएको बाढीमा बगेर अर्की एक महिलाको मृत्यु भएको छ । जिल्लाको बुढीनन्दा गाउँपालिका ६ की ७५ वर्षीया धिनु लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टंकराज भट्टराईले जानकारी दिए ।
उनले बाजुराका धुपे, बडीगाढ खोलामा आएको बाढीले २० घर डुबानमा परेको जनाए । क्षतिको यकिन विवरण आउन भने बाँकी रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4