Comments Add Comment

राष्ट्रकविका कालजयी गीतहरु

राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार बेलुकी ५ बजेर ५५ मिनेटमा उनकै निवासमा निधन भयो । १०१ बर्षका घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिदैछ ।

राष्ट्रकवि घिमिरेले नेपाली सांगीतिक क्षेत्रलाई पनि कालजयी कर्णप्रिय गीतहरु दिएका छन् । उनका गीतहरुमा राष्ट्रियता, प्रेम, भावना, पोखिएका छन् । राष्ट्रकविको शब्दमा सजिएको ‘गाउँछ गीत नेपाली ज्योतीको पंख उचाली’ले सिंगो देशलाई नै एक सुत्रमा वाध्ने काम गरेको छ ।

घिमिरेको शब्दमा समावेश ‘फूलको थुंगा’ बोलको गीत आज पनि दर्शक तथा श्रोताको मनमा बस्न सफल छ । तारादेवीको स्वरमा समावेश यो गीतमा नातिकाजीले संगीत भरेका थिए ।


राष्ट्रकविले नै कोरेका ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ गीतले देशप्रतिको सम्मान र प्रेम बोल्छ । गीतमा ‘तराई हाम्रो सुनका टुक्रा, हिमाल हिरा हो, माटो र पानी पहिलो धन धर्तीका छोरा हो’ भनिएको छ ।

घिमिरेले नै कोरेका ‘सारङ्गी त रेटेपनि’ बोलको गीत सर्वाधिक लोकप्रिय बन्यो । राष्ट्रकविका ‘लाग्दछ मलाई रमाइलो, आजै र राती के देखेँ सपना, आज भोली दुख्दै, पानी सिमसिम बर्सिएर’ लगायतका गीतहरु श्रोताको मनमा सधै नै ताजा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment