+
+
Shares

भारतमा एकैदिन कोरोनाबाट १०९२ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३ गते १२:४३

३ भदौ, काठमाडौैं । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा एक हजार ९२ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ५२ हजार ८८९ पुगेको छ ।

त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि २७ लाख ६७ हजार २७४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ६४ हजार ५३१ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा अहिलेसम्म कोरोना भाइरसका २० लाख ३७ हजार ८७१ संक्रमित डिस्चार्ज वा निको भइसकेका छन् ।

कोरोना भाइरसका संक्रमित संख्याको आधारमा भारत विश्वको तेस्रो सबैभन्दा प्रभावित मुलुक हो । अमेरिका कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक हो भने दोस्रो स्थानमा ब्राजिल छ ।

स्रोत : एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?