Comments Add Comment

अभिषेक रिजाल भारतीय क्लब मोहम्मेदन एससीमा अनुबन्ध

३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाल भारतीय फुटबल क्लब मोहम्मेदन एससीमा अनुबन्ध भएका छन् । अभिषेकले मोहम्मेदनसँग ३ वर्षको सम्झौता गरेका हुन् । उनको सम्झौता १८ अगष्ट २०२० देखि लागू हुने अभिषेकको सम्झौतामा भूमिका निर्वाह गरेका रविन चन्दले जानकारी दिए ।

मोहम्मेदन हाल आईलिग २ मा छ । आईलिग २ साथै मोहम्मेदनले कलकत्ता लिग पनि खेल्नेछ ।

उनी एसियन कोटा अन्तर्गत मोहम्मेदनमा अनुबन्ध भएका हुन् । समझौता अनुसार मोहम्मेदन आई लिगमा छनोट हुन नसके र अरु आई लिग क्लबले उनलाई अफर गरेमा मोहम्ममेदनले अभिषेकलाई रिलिज गर्नेछ ।

अभिषेक र मोहम्मेदनबीचको सम्झौता रकम भने खुलाइएको छैन ।

अभिषेकले पछिल्लो पटक माल्दिभ्समा दोस्रो श्रेणीको लिग खेलेका थिए । गत वर्ष नेपालमा भएको ए डिभिजन लिगमा मछिन्द्र क्लबबाट खेलेका उनी केही खेलपछि नै माल्दिभ्स गएका थिए । उनले त्यहाँ जेजे स्पोर्ट्सका लागि खेलेका थिए ।

अभिषेकले त्यसअघि नेपाल पुलिस क्लब मनाङ मर्स्याङ्दी क्लबका लागि समेत खेलिसकेका छन् ।

सन् २०१९ मा मलेसियाविरुद्ध खेल्दै नेपालको लागि डेब्यु गरेका अभिषेकले एक गोल समेत गरेका छन् । उनले गत वर्ष चाइनिज ताइपेई विरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेर खाता खोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment