+

सीपीएलको पहिलो खेलमा सन्दीपले लिए एक विकेट

२०७७ भदौ  ३ गते २१:४६ २०७७ भदौ ३ गते २१:४६
सीपीएलको पहिलो खेलमा सन्दीपले लिए एक विकेट

काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य तथा युवा लेगस्पीनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएल टी२० क्रिकेटको यस सिजन पहिलो खेलमा एक विकेट लिएका छन् ।

मगलबारदेखि ट्रिनिडाड एण्ड टोबागोमा सुरु भएको सीपीएलमा सन्दीपले पहिलो खेल खेल्दै विकेट लिएका हुन्। जमैका तल्लावहजका लागि खेलेका सन्दीपले सेन्ट लुसिया जुक्सविरुद्ध एक विकेट लिए । उनले आफ्नो स्पेलको चौथो तथा अन्तिम ओभरमा जुक्सका अफगानि खेलाडी नजिबुल्लाह जद्रानलाई कप्तान रोभमन पावेलो हातबाट क्याचआउट गराए ।

सन्दीपले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिएका हुन् ।

 

सन्दीप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय