+
+
Shares

रिलायन्स लाइफको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ४ गते १२:१६

४ भदौं, काठमाडौं । रिलायन्स लाइफ इन्योरेन्सको साधारण सेयर (आईपीओ) आजबाट निस्काशन शुरु भएको छ । रिलायन्यले हाल कायम जारी पुँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनमा शुरुभएको हो ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ६३ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ५६ लाख ७० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले कम्पनीको आईपीओ भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस अवधिसम्ममा सम्पूर्ण सेयरको लागि आवेदन नपरेमा निष्काशन अवधि भदौ २२ गतेसम्म लम्बिनेछ ।

यसैबीच समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनमा ल्याएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?