Comments Add Comment

कोरोना उपचारमा बेड छुट्याउनुपर्ने निर्णय सच्याऊ : चिकित्सक संघ

४ भदौ, काठमाडौं । निजी तथा सामुदायिक अस्पतालले कोरोना संक्रमितको उपचारका लागि २० प्रतिशत बेड छुट्याउनुपर्ने सरकारी निर्णय सच्याउन नेपाल चिकित्सक संघले माग गरेको छ ।

यो निर्णयका कारण देशभरका स्वास्थ्य संस्था संक्रमणको केन्द्र बन्न सक्ने भन्दै संघले सरकारलाई निर्णय सच्याउन आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेजलाई १ तिहाई र अन्य अस्पतालले २० प्रतिशत बेड छुट्याउनुपर्र्ने निर्णय गरेको छ ।

यो निर्णयको निजी अस्पतालहरुले पनि विरोध गर्दै आएका छन् । चिकित्सक संघका महासचिव डा. बद्री रिजालले प्रत्येक स्वास्थ्य संस्थाहरुमा कोभिड र ननकोभिडका बिरामीहरुको उपचार सँगै गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको जनशक्ति, आवश्यक सुरक्षाका सामग्रीहरुको समेत बढी खपत हुने र राज्यलाई थप आर्थिक भार समेत पर्न जाने बताएका छन् ।

हाल कोभिड भन्दा ननकोभिड अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नै धेरै संक्रमित भएको देखिएकोले स्वास्थ्य संस्थामा उपचारमा संलग्न हुने सक्षम जनशक्तिकै अभाव भई भयावह स्थिति सिर्जना हुनसक्ने खतरा औंल्याएाक छन् ।

नेपालमा अझै पनि संक्रमितको उपचारका लागि छुट्टै स्वास्थ्य संस्थालाई कोभिड–१९ अस्पतालको रुपमा परिणत गरेर अलग्गै उपचार गर्न सकिए संक्रमण न्यून गर्न सकिने चिकित्सक संघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment