Comments Add Comment

पूर्वकप्तान मोहम्मद नावी अफगानिस्तान क्रिकेट बोर्डमा

५ भदौ, काठमाडौं । अफगानिस्तान राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा अलराउण्ड र मोहम्मद नावी अफगानिस्तान क्रिकेट बोर्डमा नियुक्त भएका छन् ।

गत वर्ष टेष्ट क्रिकेटबाट सन्यास घोषणा गरेका नावीले सीमित ओभरको क्रिकेट भने खेलिरहेका छन् । उनी अफगानिस्तानको क्रिकेट प्रशासनमा पुग्ने पहिलो एक्टिभ क्रिकेट समेत बन्ने छन् ।

बोर्डले बिहीबार नावीसहित ४ जना नयाँ बोर्ड मेम्बर नियुक्त गरेको हो । तर नावीको नियुक्तीको किन भन्ने बोर्डले प्रष्ट पारेको छैन ।

नावी भने हाल ट्रिनिडाड एण्ड टोबागोमा क्यारेबियन प्रिमियर लिग सीपीएल खेलिरहेका छन् । उनकै अलराउण्ड प्रदर्शनमा बिहीबार सेन्ट लुसिया जुक्सले साविक विजेता बार्बेडोस ट्राइडेनट्सलाई पराजित गरेको थियो । नावीले अफगानिस्तानका लागि ३ टेष्ट, १२४ ओडिआई र ७८ टी-२० खेलेका छन् । ३५ वर्षीय नावी २०१३ देखि २०१५ सम्म अफगानिस्तानको ओडिआई र टी२० टिमको कप्तान थिए ।

अफगानिस्तान क्रिकेट बोर्डमा नियुक्त हुने अन्य सदस्यहरुमा महिला मन्त्री हसिना साफी, कान्दाहार प्रान्तका सांसद रोहुल्लाह खानजाडा र अफगानिस्तानका पहिलो भाइस प्रेसिडेन्टका सिनियर एडभाइजर हारुन मिर छन् ।

बोर्डका अध्यक्ष परहान युसुफजायीको प्रस्ताव तथा बोर्डका पाट्रो इन चिफ तथा अफगानिस्तानका राष्ट्रपति मोहम्मद अस्रफ घानीको सहमतिमा ४ जना नयाँ बोर्ड मेम्बर नियुक्त गरिएको हो । बोर्ड कूल ९ सदस्यीय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment