Comments Add Comment

क्वारेन्टिनका लागि तोकिए होटल, दैनिक शुल्क १५ सयदेखि ९ हजारसम्म

५ भदौ, काठमाडौं । सरकारले विदेशबाट फर्किने कामदारहरू राख्न होटल क्वारिन्टिनहरु तोकेको छ । विदेशबाट चार्टर्ड उडानमा फर्कने कामदारले विदेशबाटै होटल बुकिङ गर्नुपर्ने छ ।

यसअनुसार विदेशबाट फर्किने यात्रुले एउटा कोठाको प्रतिदिन १५ सय देखि ९ हजार रुपैयाँसम्मका कोठा लिन सक्नेछन् । यसमा खाना खाजाको खर्च पनि जोडिएको छ ।

सरकारले विदेशबाट यात्रुको उद्धार सुरु गरेलगत्तै होटल क्वारिन्टिनहरुको सूची सार्वजनिक भएको हो ।

यसअनुसार विदेशबाट फर्किन दूतावासले सिफारिस गरेका व्यक्तिले काठमाडौंको तोकिएका होटलमा आफूलाई पायक पर्ने दर रेटमा होटल बुक गर्न सक्नेछन् ।

विदेशबाट फर्किनेहरु २ जनाले एउटा रुम सेयर गरेमा सस्तो पर्ने छ ।

यस्तो छ होटलको सूची र दर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment