Comments Add Comment

अत्यावश्यक खाद्यान्न अभाव भएमा साल्ट ट्रेडिङबाट किन्न सकिने

५ भदौ, काठमाडौं । निषेधाज्ञाका बेला अत्यावश्यक खाद्य वस्तु अभाव भए सम्पर्क गर्न साल्ट ट्रेडिङले सर्वसाधरणलाई आग्रह गरेको छ ।

काठमाडौं उपत्याकाभरि जुन सुकै स्थानमा खाद्यवस्तु र ग्यास अभाव भए कम्पनीले घुम्ती सेवामार्फत बिक्री गर्ने साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी निर्देशक उर्मिला श्रेष्ठले जानकारी दिइन् ।

सहुलियत दरमा दाल, चामल, चिनी, तेल, गेडागुडी तथा एसटीसी ग्यास सर्वसाधरणको आवश्याकताअनुसार बिक्री गरिने श्रेष्ठले जानकारी दिइन् ।

‘आफ्नो टोल क्षेत्रमा खाद्यवस्तु अभाव भए स्थानीय जनप्रतिनिधि वा टोलका मानिसहरुले सामूहिक रुपमा साल्ट ट्रेडिङमा सम्पर्क गर्न सक्नेछन्,’श्रेष्ठले भनिन् ।

यसअघि लकडाउनको समयमा घुम्ती सेवामार्फत सहुलियतको खाद्यवस्तु बिक्री गरेको कम्पनीले यसपटक भने ग्राहकको माग बमोजिम मात्रै बिक्री थाल्ने तयारी गरेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment