Comments Add Comment

मुनाफाका लागि होटेललाई क्वारेन्टिन बनाएका हैनौं : हान

५ भदौ, काठमाडौं । होटल संघ नेपालले मुनाफाभन्दा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यबाट होटेलहरुलाई क्वारेन्टिनका रुपमा प्रयोग गर्न लागिएको बताएको छ । सरकारले अब विदेशबाट आउने नेपालीले अनिवार्य ७ दिन होटेलमा बस्नु पर्ने नियम बनाएको छ ।

सोहीअनुसार होटेल संघ नेपाल (हान)बाट सिफारिस भएका पाँच तारेदेखि पर्यटक स्तरीय होटेलसम्म क्वारेन्टिनका रुपमा प्रयोग हुँदैछन् । हानमा आवद्ध होटेलमा बस्न चाहनेका लागि न्यूनतम १८ सय देखि अधिकतम् १० हजार प्रतिदिनसम्मको मूल्य तोकिएको छ । स्तरीय होटेलमा यो न्यून मूल्य भएको भन्दै यो काम नाफाभन्दा बढी सामाजिक उत्तरदायित्वका लागि गरिएको हानको भनाइ छ ।

मूल्य अभिवृद्धिकर र सेवा शुल्क समावेश गरी पर्यटक स्तरीय सदस्य होटलहरुले दिने सेवा र पाहुनाले तिर्ने न्यूनतम रकमसमेत स्वीकृत भएको हानले उल्लेख गरेको छ ।

नेपाल सरकारबाट स्वीकृत कोभिड १९ संक्रमण रोकथाम गर्ने विश्व स्वास्थ्य संगठनको सिफारिस अनुरुपको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरी विदेशबाट उद्दार गरी हवाई उडानबाट स्वदेश फर्काइने नागरिकहरुलाई होटल संघ नेपालका क्वारेन्टिनका लागि स्वीकृत सदस्य होटलहरुले सेवा उपलब्ध गराउने हानको भनाइ छ ।

अब स्वीकृत सरकारी प्रक्रियाअनुसार पाहुनाहरु न्यूनतम ७ रात होटलमा अनिवार्य वस्नुपर्ने र पीसीआर परीक्षणबाट संक्रमण नभएको प्रमाणित भएपछिमात्र चेकआउट गर्न पाउने नियम बनेको छ । अनिवार्य रुपमा सरकारको स्वास्थ्य मापदण्ड पालना गरी बिहान बेलुकाको सबै खानपिनसमेत होटलबाटै उपलब्ध गर्नुपर्ने जस्ता व्यवस्था गरिएको छ ।

सरकारको स्वास्थ्य मापदण्ड अनुरुपका उपकरण र सामग्रीहरु सदस्य होटलहरुले व्यवस्थापन गरी कामदार कर्मचारीलाई कोभिड १९ संक्रमण रोकथाम सम्बन्धमा नेपाल पर्यटन बोर्डको सहकार्यमा अभिमुखीकिरण तालिम समेत गराई सकिएको होटल संघ नेपालले उल्लेख गरेको छ ।

मूल्य अभिवृद्धिकर र सेवा शुल्क समावेश गरी पर्यटक स्तरीय सदस्य होटलहरुले दिने सेवा र पाहुनाले तिर्ने न्यूनतम रकमसमेत स्वीकृत भएको हानको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment