
५ भदौ, काठमाडौं । गत सोमबार दुबईमा रोकिएका नेपाली नागरिक आगामी आइतबार नेपाल र्फकन पाउने भएका छन् । यसअघि गत सोमबार दुबईमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको जहाज दुबई पुगेको थियो ।
तर, सरकारले विदेशबाट नेपाल आउन रोक लगाएसँगै विमानस्थलमा आइपुगेका नेपालीलाई समेत छाडेर जहाज रित्तै र्फकनु परेको थियो । सोही उडानको काठमाडौंबाट दुवईको लागि २३५ यात्रु तथा १५ टन कार्गो लिएर जहाज उडेको थियो ।
उक्त उडानबाट नेपाल आउन नपाएका नेपालीलाई लिन नेपाल एयरलाइन्सको जहाज आगामी आइतबार (२३ अगस्ट)मा दुबई जान लागेको नेपाली एयरलाइन्सी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा उक्त दिन दुवईबाट काठमाडौं उडानका लागि टिकट लिइसकेका यात्रुहरुका लागि उडान हुन लागेको हो ।
क्र.स. | उडान मिति | उडान नं | सेक्टर | उडान समय | कैफियत |
१ | २३ अगष्ट २०२० | आर ए २२९१ | काठमाडौं – दुवई | ०७:३०/१०:२५ | सम्वन्धित देशको स्थानिय समय अनुसार उल्लेख गरिएको |
२ | २३ अगष्ट २०२० | आर ए २२९२ | दुवई – काठमाडौं | १२:२५/१८:१५ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4