Comments Add Comment

अफिन र मेडिकल एसोसिएसनको आरोप-सरकारले अपमान गर्‍यो

५ भदौ, काठमाडौं । एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन (अफिन) नेपाल र नेपाल मेडिकल एशोसिएसनले सरकारले निजी अस्पतालाई अपमान गरेको आरोप लगाएको छ ।

दुई संस्थाले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै अपमानित हुने गरी निजी अस्पताललाई गरिने व्यवहार र चिकित्सकहरुको मनोवल घटाउने व्यवहार तत्काल बन्द गर्न माग गरेको हो ।

सम्मानजनकरुपमा सरकारले औपचारिक वार्ता गर्ने वातावरण बनाउनु पर्ने मागसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै यी दुई संस्थाले कोरोनाविरुद्ध मिलेर काम गर्ने सहमति गरेका छन् । शुक्रबार बसेको दुई संस्थाको संयुक्त बैंठकले हातेमालो गरी सेवा उपलब्ध गराउने सहमति गरेका हुन् ।

नेपालमा लकडाउन सुरु हुनासाथ स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा निजी अस्पतालहरुले आ-आफ्नो श्रोत साधन उपलब्ध गराउने प्रतिवद्धतासहितको प्रस्तावसमेत पेस गरेको थिए । तर सरोकारवालाले निजी अस्पतालहरुसँग सहकार्य गर्न कहिल्यै पहल नगरेको दुई संस्थाको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment