+
+

धनुषामा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ५ गते १८:२०

५ भदौ, जनकपुरधाम  । बुधबार मृत्यु भएका धनुषाका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको नगराइन नगरपालिका- ३ फुलगामाका ५० बर्षीय पुरुषमा मृत्युपछि शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

बिरामी परेपछि बुधबार बिहान उनलाई प्रादेशिक अस्पताल जनकपुरधामा भर्ना गरिएको थियो । उनको स्वाब संकलन गरी उपचार शुरु भए पनि थप उपचार चाहिने भन्दै काठमाडौं रेफर गरिएको थियो । बुधबार दिउँसो काठमाडौं लैजाने क्रममा सिन्धुलीको खुर्काेट पुगेपछि उनको मृत्यु भएको थियो ।

उनी मुटु, दम, उच्च रक्तचाप र मधुमेहका बिरामी भएका प्रादेशिक अस्पतालका चिकित्सकले बताएका छन् । उनको अन्तिम संस्कार बिहीबार नै गरिसकिएको छ ।

योसँगै धनुषामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?