Comments Add Comment

महात्मा गान्धीको चश्मा २.५५ करोडमा लिलामी

६ भदौ, काठमाडौं । महात्मा गान्धीको एक चश्मा २ करोड ५५ लाख भारुमा लिलाम भएको छ । सो चश्मा अमेरिकाका एक व्यक्तिले किनेका हुन् ।

भनिन्छ यो चश्मा गान्धीलाई उनका हजुरबुवाले दिएका थिए, जतिबेला उनी दक्षिण अफ्रिकामा काम गर्दथे । यो १९१०–१९३० तिरको कुरा हो ।

लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनका अनुसार ३ अगस्टमा यो चश्मा एक सेतो खामभित्र फेला परेको थियो, जसलाई कुनै व्यक्तिले छोडेका थिए ।

अक्सन कम्पनीका एन्ड्र्यु स्टोले भने, ‘कुनै एक व्यक्तिले शुक्रबार राति यो चश्मा हाम्रो लेटरबक्समा राखिदिएका थिए । यो चश्मा सोमबारसम्म लेटरबक्सभित्रै रह्यो । त्यससँगै एक चिठी पनि थियो । त्यसमा लेखिएको थियो– यो महात्मा गान्धीको चश्मा हो ।’

त्यसपछि लेटरबक्समा चश्मा राखिदिने व्यक्तिलाई सम्पर्क गरियो । त्यसपछि त्यो चश्मा लिलामीमा राखियो ।

२ करोड ५५ लाखमा बिक्री भएपछि चश्माका मालिक खुसी भएका छन् । कमजोर आर्थिक अवस्थाका उनले यो रकम आफ्नो छोरीसँग बाँड्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment