
७ भदौ, पोखरा । पोखरामा ४ जनासहित आइतबार गण्डकी प्रदेशका ३ जिल्लामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखराको कास्की सेवा अस्पतालमा २ जना, पोखरा महानगरपालिका- १६ मा २ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
पोखरा – १६ मा ३१ वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
आइतबार नै नवलपुरको विनय त्रिवेणी नगरपालिका- १ मा मात्र ३ जना महिला र ३ जना पुरुष गरी ६ जनालाई संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।
गोरखा नगरपालिका- १ मा २८ वर्षीय पुरुषमा पनि आइतबार दिउँसो संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ८ सय ७० जना पुगेको छ । जसमध्ये १ हजार ६ सय ११ जना निको भएर घर फर्केका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4