Comments Add Comment

लकडाउनयता विदेशीसहित ५१ हजार जना नेपाल भित्रिए

साउनमा मात्र २३ हजार

७ भदौ, काठमाडौं । सरकारले कोभिड-१९को नियन्त्रण र रोकथामका लागि भनेर ११ चैत २०७६ मा लकडाउन शुरु गरेको थियो । त्यसयता साउन मसान्तसम्म कुल ५१ हजार मानिस नेपाल आएका छन् । त्यसमध्ये केही विदेशी भएपनि नेपाल भित्रने अधिकांश नेपाली नागरिक हुन् ।

अध्यागमन विभागको तथ्यांक अनुसार साउन मसान्तसम्म कुल ५० हजार ७ सय २३ जना व्यक्ति नेपाल प्रवेश गरेका छन् । त्यसमध्ये नेपाली नागरिकमात्र ५० हजार ५ सय १५ जना आएका छन् ।

विभागको तथ्यांकअनुसार साउन महिनामा मात्र सबैभन्दा धेरै २३ हजार व्यक्ति नेपाल छिरेका छन् । नेपालीको उद्धार शुरु भएपछि यो महिनामा धेरै नेपाली घर फर्केका छन् ।

अध्यागमनको तथ्यांकअनुसार साउन महिनामा मात्र २३ हजार ६९ जना मानिस नेपाल आएका छन् । त्यसमध्ये २२ हजार ९ सय ३२ जना नेपाली नागरिक घर आएको अध्यागमन विभागले जनाएको छ ।

यसअवधिमा नेपालीबाहेक अमेरिकाबाट बढी विदेशी नेपाल आएका छन् । अमेरिकाबाट साउनमा मात्र ३५ जना भित्रिए । लकडाउनयता कुल ४४ जना अमेरिकी नागरिक  नेपाल आएको तथ्यांक छ ।

बेलायतबाट साउनमा १८ जना र लकडाउनयता २८ जना नागरिक नेपाल आएको पाइएको छ । संयुक्त राष्ट्रसंघका १२ कर्मचारी साउनमा आएका थिए । २६ जना कर्मचारी लकडाउनयता आएका छन् ।

लकडाउनयता कुल २० हजार ७ सय १० जना व्यक्ति नेपालबाट विदेशिएका छन् । त्यसमध्ये धेरैजसो आधाभन्दा बढी नेपाली नै विदेश फर्किएका छन् । यसअवधिमा ११ हजार २ सय २६ जना नेपाली नागरिक विदेश गएका छन ।

उनीहरुमध्ये साउनमा मात्र ३ हजार ५ सय ४२ जना नेपाली विदेश गएको अध्यागमनको तथ्यांक रहेको छ । लकडाउनपछि नेपालमा रहेका विदेशीमध्ये सबैभन्दा बढी चिनियाँ नागरिक आफ्नो मुलुक फर्किएका छन् । यसअवधिमा नेपालमा रहेका १४ सय ३ जना चिनियाँ घर फर्किए । नेपालमा रहेका १३ सय ४१ जना अमेरिकी नागरिक समेत स्वदेश फर्किए ।

बेलायतका ९ सय ७३ जना नागरिक आफ्नो देश फर्किएको अध्यागमनको विभागको तथ्यांक रहेको छ । यो अवधिमा संयुक्त राष्ट्रसंघका ४७ जना नागरिक नेपालबाट आफ्नो मुलुकमा फर्किएका छन् ।

प|mान्स र जर्मनीका क्रमशः ६ सय ४८ र ७६६ जना नागरिक समेत आफ्नो मुलुकमा फर्किर्एका तथ्यांक छ । सरकारले ११ चैतबाट लकडाउन शुरु गरेको हो ।

भदौ १६ बाट मात्र व्यवसायिक उडान आंशिक खोल्ने तयारी छ । तर, पहिलो चरणमा नेपाली र कुटनीतिकि नियोगका कर्मचारीले मात्र प्रवेश पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment