Comments Add Comment

कास्कीमा १२ भदौसम्म लम्बियो निषेधाज्ञा

७ भदौ, पोखरा । कास्कीमा जारी निषेधाज्ञा १२ भदौसम्म लम्बिएको छ । जिल्ला जिल्ला संकट व्यवस्थापन समितिले भदौ २ गतेदेखि जारी निषेधाज्ञा १२ भदौसम्म लम्ब्याउने निर्णय गरेको हो ।

समितिले थप ५ दिनका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने छन् भने हिँडडुल गर्न समेत रोक लगाइएको छ ।

अत्यावश्यक सामाग्री ढुवानी गर्ने सवारी साधन, औषधि, खाद्यान्न, तरकारी, फलफूल लगायतका पसल र सेवा भने खुला रहने छन् । बेलुका ५ बजेदेखि ८ बजेसम्म निर्माण सामाग्री ओसार पसार गर्ने सवारी साधनलाई भने चल्न दिने निर्णण भएको कास्कीका सहायक सिडिओ श्रीनाथ पौडेलले जानकारी दिए ।

पछिल्ला दिनमा ट्राभल हिस्ट्री भएकाहरूमा संक्रमण भेटिएको छ । समुदाय स्तरमा संक्रमण फैलिएको संकेत देखिएकाले निषेधाज्ञा राख्नुपर्ने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए । ‘समुदायमा संक्रमण बढिरहेको छ । चाडवाड नजिइरहँदा बजारमा चहलपहल बढिरहेको छ । यस्तो हुँदा संक्रमणको अझ जोखिम बढ्ने भएकाले निषेधाज्ञा जारी नै गर्नुपर्यो,’ मेयर जिसीले भने ।

१२ गतेपछि भने मोडल परिवर्तन गरिने उनले बताए ।

पोखरामा कोरोना संक्रमितको संख्या २६३ पुगेको छ । उनीहरूमध्ये १ सय ५१ जना निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment