+
+
Shares

नेकपा कार्यदलले अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ६ गते २०:२०

६ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको सो कार्यदलले सर्वसम्मतिले तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए ।

सो प्रतिवेदन अध्यक्षद्वय ओली र प्रचण्डले छलफल गरी आगामी सचिवालय बैठकमा पेश गर्ने बताइएको छ ।

यही भदौ १ गतेको नेकपा सचिवालय बैठकले सो कार्यदल गठनलाई अनुमोदन गरी कार्यादेश स्पष्ट गरेको थियो ।

नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएकामा अब सहमतितिर ठोस पहल अघि बढेको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?