Comments Add Comment

कर्णालीमा ४ संक्रमित थपिए, ४ जना डिस्चार्ज

७ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा चार जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणबाट आइतबार थप चार जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार थपिएका संक्रमितमध्ये सुर्खेत र जुम्लाका दुई/दुई जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २२४४ पुगेको छ ।

यस्तै, कर्णालीमा आइतबार थप ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १९७३ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २६५ जना आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment