Comments Add Comment

‘झापालाई छाड्नुस्, काठमाडौं-वीरगञ्जबाट रेलमार्गको काम थालौं’

४ भदौ, काठमाडौं । पूर्वधार विज्ञहरुले सरकारलाई तुरुन्तै ठेक्का लगायतको प्रक्रिया रोकेर रेलमार्गसहित यातयात सम्बद्ध योजनाको बारेमा विस्तृत समीक्षा गरेर मात्रै अघि बढ्न सुझाव दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बुधबार आयोजना गरेको छलफलमा सहभागी विज्ञहरुले मन्त्री बसन्त नेम्वाङलाई काँकडभिट्टा-इनरुवा खण्डको रेलमार्ग निर्माणको लागि गरिएको ठेक्का तत्काललाई रोक्न सुझाव दिए ।

रेल चल्न पर्याप्त यात्रु चाप नपुग्ने खण्डहरूमा काम अघि बढाउनु त्रुटिपूर्ण भएको उनीहरुको भनाइ थियो । डीपीआरको पुनरावलोकन गरेर रेलमार्ग सञ्चालनको हिसाबले तत्कालै सम्भव हुने क्षेत्र छनोट गरेर मात्रै निर्माण थाल्न सुझाव दिएका छन् । उनीहरुले समग्र यातायात क्षेत्रको योजना नबनाई जथाभावी रेलमार्ग बनाउँदा सरकारी स्रोतको दोहन मात्रै हुने भन्दै अहिलेसम्म सच्याउन सकिने अवस्था रहेकाले त्यतातर्फ ध्यान दिन सुझाव दिए ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले रेलमार्ग निर्माणको काम विदेशी परामर्शदाताको सुझावमा आधारित भएर अघि बढाएको भन्दै यसमा कुनै त्रुटि नहुने दावी गरेका थिए ।

तर, विज्ञहरुले रेलमार्गको विभिन्न खण्डहरु फरक-फरक डिजाइनमा किन बनाउन लागिएको हो भन्दै महानिर्देशक मिश्रलाई प्राविधिक विषयमा एक-एक प्रश्नको जवाफ दिन चुनौती दिएका थिए ।

सडकको विज्ञताका आधारमा रेलमार्गको निर्माण हुन नसक्ने भन्दै उनीहरुले रेल विभागसँग विदेशीले दिएको डीपीआरको नेपाली परिवेश अनुकुल समीक्षा गर्ने सक्ने जनशक्ति नभएको ठोकुवा गरे । कर्मचारीको भरमा राजनीतिक निर्णय लिन नहुने भन्दै विज्ञहरुले पर्याप्त छलफल गरेर रेलमार्ग निर्माणबारे राजनीतिक निर्णय लिन उनीहरुले सरकारलाई आग्रह गरे ।

सिटौलाले भने- यात्रु चाप भएको ठाउँ छाडेर किन झापातिर ?

बैठकमा सहभागी भएका पूर्वभौतिक पूर्वाधार तथा यातायात सचिव तुलसी सिटौलाले आफू यातायात मन्त्रालयको सचिव हुँदा जनकपुर हुँदै भारतबाट बर्दिबाससम्म रेल आउने र त्यहाँबाट पूर्व-पश्चिम रेलमार्ग हुँदै सीमारा (वीरगञ्ज)सम्म जाने र यो आर्थिक तथा प्राधिविक हिसावले उपयुक्त र सम्भाव हुने निष्कर्षका साथ काम सुरु गरेको बताएका थिए ।

‘तर अहिले बर्दिबास खण्ड त्यतिकै छाडेर पूर्वीखण्डका काम सुरु गर्न ठेक्का लगाइएको छ, यो भन्दा वीरगञ्जबाट काठमाडौंसम्मको रेलमार्ग बढी महत्वपूर्ण हो,’ उनले बैठकमा भनेका थिए,’पूर्वी खण्डमै गएपनि बर्दिबासको विन्दुबाट पूर्वतर्फ लाग्नु पर्थ्यो, काँकडभिट्टाबाट इनरुवासम्म कसरी रेल चल्छ ?’

उनले वीरगञ्ज देशको मुख्य नाका भएकाले त्यहाँबाट काठमाडौंसम्म चल्ने यात्रुबाहक तथा मालबाहक रेल देशकै अर्थतनन्को मेरुदण्ड हुन सक्ने बताएका थिए । त्यसरी रेल बनाउन सके पूर्वपश्चिम रेलमार्ग निर्माणको लागि पनि पर्याप्त यात्रु चाप पुग्ने सिटौलाले बताएका थिए ।

सिटौलाले केरुङ-काठमाडौं रेलमार्ग र काठमाडौंभित्र मेट्रो रेल निर्माणको काम पनि महत्वपूर्ण भएको बताए । यात्रु चापका हिसावले पनि अयोग्य हुने रुटमा रेलमार्ग बनाउँदा भविष्यमा त्यहाँ चल्ने भनिएको रेल सेतो हात्ती हुने उनको भनाइ थियो  ।

डीपीआर ‘गीता’ होइन : सूर्यराज 

छलफलमा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले अनलाइनखबरमा लेखिएको आफ्नो आलेखलाई स्मरण गराउँदै सरकारले आत्मघाती तवरले रेलमार्गहरुको निर्माण अघि बढाउन नहुने बताएको मन्त्रालयका एक अधिकारीले बताए ।

उनले सरकारभित्र रेलमार्गबारे पर्याप्त जानकारी र विज्ञता भएका जनशक्ति नभएकाले सरकारले राजनीतिक निर्णय गरेर रेलमार्ग निर्माणको काम थाल्नुअघि पर्याप्त गृहकार्य गर्नुपर्ने बताएका थिए ।

उनले सरकारले अहिले गरिरेका काम सबै रोकेर विज्ञहरुसँग पर्याप्त छलफल गरेर कहाँ कसरी कस्तो तवरले रेलमार्ग बनाउने भनेर छलफल गर्नुपर्ने बताएका थिए । विदेशी कन्सल्ट्यान्टले बनाएको डीपीआर ‘गीता’ नभएको भन्दै उनले नेपालको परिवेश अनुकुल त्यसमा परिमार्जन र संशोधन गर्न समीक्षा हुनुपर्ने बताए । जथाभावी रेलमार्गको निर्माण अघि बढाउँदा सरकाकरो लगानी बालुवाको पानी बन्नेतर्फ उनले सरकारलाई सचेत गराएका थिए ।

‘बर्दिबास छोडेर झापा किन ?’

अहिले विभिन्न समाजिक सञ्जालमा पनि पूर्व प्रशासक तथा विभिन्न निकायका पूर्वविशिष्ट अधिकारीले सरकारले काँकडभिट्टा-इनरुवा खण्डका काम थाल्नुअघि समग्र योजनाको समीक्षा गर्नुपर्ने विज्ञका मतमा समर्थन जनाएका छन् ।

रेल विभागका पूर्व सिनियर डिभिजन इन्जिनियर प्रकाश उपाध्याले समाजिक सञ्जालमा भारतले बर्दिवाससम्म बनाएपछि सो रेल लाइनलाई सिमरा हुँदै वीरगञ्जसम्म पुर्‍याउने पूर्वयोजना रहेको बताएका छन् । बर्दिबासबाट सिमारासम्मको खण्डमा काम थालिएको भन्दै उनले अहिले काँकडभिट्टाबाट काम थालेर गल्ती गरिएको बताएका छन् ।

‘विज्ञको अभावले बर्दिवास पश्चिम खण्डको निर्माण पुरा गर्नेतर्फ उन्मुख नभई सिभिल इन्जिनियरिङ कार्य गर्नेतर्फ मात्र उन्मुख हुनु सरासर गलत हो,’ उनले समाजिक सञ्जालमा लेखेका छन्,’ राज्यले लगानी गरेपछि प्रतिफलको आश राख्नुपर्छ । हाल काँकडभिट्टा इनरुवाको ठेक्का गर्नुको सट्टामा बर्दिवासबाट चन्द्रनिगाहपुर सम्मको निर्माण सम्पन्न गरी रेल यातायात सञ्चालन गर्नेतर्फ कार्य हुनुपर्ने थियो, तर अहिले जे भईरहेको छ गलत छ ।’

डीपीआरलाई अनिवार्य रुपमा विज्ञहरुको टोलीबाट समीक्षा पर्ने भन्दै उपाध्यायले विदेशी विज्ञहरु साधारणतया हाम्रो भूवनोटको अवस्थितिमा सैद्धान्तिक ज्ञान मात्र बताए । त्यसैले विदेशीले गरेको डिजाइनका आधारहरुको छनौट गर्दा महंगो डिजाइन तयार भएको हुन सक्ने भएकाले डिडाइन निक्र्याेल गरी परिमार्जन जरुरी रहेको औंल्याएका छन् ।

नेम्वाङले भने-सकारात्मक छु 

बुधबारको छलफलपछि भौतिक पूर्वाधार तथा यतायातमन्त्री बसन्तकुमार नेम्वाङले पूर्व-पश्चिम रेलमार्गसहित अघि बढेका आयोजनाहरुको समीक्षा गर्ने आश्वासन दिएका छन् । उनले रेल विभागले विगतमै अघि बढाएका आयोजनाहरुलाई जस्ताको तस्तै अघि बढाउँदा विज्ञहरुबाटै विवाद आएकाले अब यसमा समीक्षा गरेर मात्रै अघि बढ्ने संकेत गरेका हुन् ।

बुधबार छलफलपछि नेम्वाङले विगतमा भएका कमजोरी सच्याउन सरकार तयार रहेको भन्दै त्यसमा आवश्यक गहृकार्य अघि बढाइने बताएको बैठकमा सहभागी मन्त्रालयका एक अधिकारीले बताए ।

यो पनि पढ्नुहोस ‘झापालाई छाड्नुस्, काठमाडौं-वीरगञ्जबाट रेलमार्गको काम थालौं’ यो पनि पढ्नुहोस रेलको औचित्य छ, निर्माण ठ्याक्कै रोकौं, समग्र योजनाको समीक्षा गरौं यो पनि पढ्नुहोस पूर्वतयारीविनाको ठेक्काले अलपत्र आयोजनाका नालीबेली, रेलमार्ग पनि थप्ने ? यो पनि पढ्नुहोस ठेकदार-सरकार मोबिलाइजेसन धन्दा, प्लटिङसँगै चन्दा ! यो पनि पढ्नुहोस रेल-वे ठेक्का सेटिङ : कसले कुन ठेक्का पाउने पहिल्यै तय गरेर टेन्डर ! यो पनि पढ्नुहोस झापा–सुनसरी रेलमार्ग : गोरु पछाडि, गाडा अगाडि ! यो पनि पढ्नुहोस पूर्वतयारी नसकी हतारमा ३२ अर्बको रेल्वे ठेक्का यो पनि पढ्नुहोस राज्य संरक्षित १८ भाइ ठेकदार : ५३ प्रतिशत ठेक्का कब्जा यो पनि पढ्नुहोस रेल्वे टेन्डरमा सेटिङ : १७ अर्बका ३० ठेक्का, एक दर्जन कम्पनीमात्रै योग्य यो पनि पढ्नुहोस प्रधानमन्त्रीको सपनामा रेलै–रेल, ठेक्कामा र्‍याल ! यो पनि पढ्नुहोस रेलको विवादित ठेक्काबारे यातायातमन्त्री नेम्वाङ भन्छन्- बुझ्दैछौं यो पनि पढ्नुहोस रेल विभागलाई अर्थले भन्यो-कानून मिचेर ठेक्का नलगाउनू यो पनि पढ्नुहोस अधिग्रहणको सूचनाप्रति रेलमार्ग प्रभावितको आपत्ति यो पनि पढ्नुहोस संसदीय समितिले भन्यो-पूर्वतयारी सकिएपछि मात्रै रेलको ठेक्का लगाउनू

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment