११ कात्तिक, विराटनगर । सूर्यको पूजा आराधना गरी मनाइने छठपर्व मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन भएको छ ।
छठ पूजाका लागि विराटनगरका केशलीया, सिंघिया खोला र सुनसरी मोरङ सिचाइँ आयोजनाको नहरसँगै पोखरीहरु सिंगारिएको थियो । सोमबार नदी र तलाउ किनार पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो । मंगलबर उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन भएको हो ।
उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ ।
छठको मुख्यदिन सोमबार संघीय सरकारले विदा दिएको थियो ।
छठ समापन भएको दिन मंगलबार कोशी प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा दिएको छ । गत वर्ष पनि प्रदेश सरकारले छठ समापनकाे दिन बिदा दिएकाे थियाे ।
तस्वीरहरू : हरी अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4