+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
47/2 (8.2)
Shares

मनाङमा पनि हिमपात (तस्वीरहरु)

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते ९:४५

काठमाडौं । मनाङका विभिन्न स्थानमा हिमपात भएको छ । तिलिचो बेसक्याम्प, मनाङ बजार, हुम्दे, पिसाङ लगायतका स्थानमा हिमपात भएको हो ।

पिसाङ क्षेत्रमा कार्यरत रविन्द्रबहादुर सिजापतिले अनलाइनखबरसँग भने, ‘हिमपात जारी छ । बसेको ठाउँबाट बाहिर निस्किने अवस्था पनि छैन ।’

अरब सागरमा विकसित मौसमी प्रणालीको असरले नेपालका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र केही स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हिमपात र वर्षासँगै चिसो बढेको छ । तर घुम्न गएकाहरु हिउँ खेल्न पाउँदा रमाएका छन् । वर्षा र हिमपातले हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले कृषि क्षेत्रका जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?