Comments Add Comment

कोरोना संक्रमित सर्लाहीकी महिलाको काठमाडौंमा मृत्यु

७ भदौ, जनकपुरधाम । कोरोना संक्रमणबाट सर्लाही लालबन्दीकी एक महिलाको मृत्यु भएको छ ।

३३ वर्षीया उनको शनिबार काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

एक साताअघि ज्वरो आएर स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई उपचारका लागि चितवनको भरतपुर लगिएको थियो  । तर त्यहाँको अस्पतालले भर्ना लिन नमानेपछि काठमाडौं लगिएको थियो ।

ओम अस्पतालमा उपचारकै क्रममा उनको स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट पोजेटिभ आएको र उनको शनिबार बिहान मृत्यु भएको उनको परिवारजनलाई उधृत गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

सर्लाहीका तीन जनाको अहिलेसम्म कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको छ । लालबन्दीकी यी महिलासहित मलंगवा नगरपालिका ९ का ४६ बर्षीय पुरुष र मलंगवा ३ का ६५ बर्षीया महिलाको मृत्यु भएको छ । तीनै जनाको काठमाडौंमै उपचारका क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment