Comments Add Comment

सामूहिक बलात्कारका आरोपी युवक पक्राउ

७ भदौ, जनकपुरधाम । धनुषामा सामूहिक बलात्कारमा संलग्नको आरोप लागेका एक युवक पक्राउ परेका छन् ।

गत भदौ १ गते साँझ ६ बजेतिर १६ बर्षीया किशोरीमाथि भएको सामूहिक बलात्कारमा संलग्नको आरोप लागेका धनुषाधाम नगरपालिका– २ धरमपुरका १९ वर्षका विजयकुमार यादव पक्राउ परेका हुन् ।

भदौ १ गते धरमपुरस्थित धान खेतमा चार जना मिलेर किशोरीमाथि सामूहिक बलात्कार भएको थियो ।

आफ्ना दुई जना गाउँले दाजुका साथ ती किशोरी दिदीको घरतर्फ जाँदै गर्दा मोटरसइकलमा आएका चार जना युवकको समूहले सामूहिक बलात्कार गरेको किशोरीको भनाइ उधृत गर्दै प्रहरीले जनाएको छ ।

किशोरीको साथमा रहेका दुई जनालाई हातपात गर्दै घर पठाएर किशोरीमाथिग बलात्कार भएको थियो ।

घटनाको अनुसन्धानको क्रममा किशोरीले टिपाएको हुलियाको आधारमा एक जनालाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।

उनीबिरुद्व करणीसम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट अनुमति लिएको मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment