+
+

दैलेखमा भदौ १० गतेसम्म निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ७ गते १८:५७

७ भदौ, सुर्खेत । दैलेखमा जारी निषेधाज्ञा भदौ १० गतेसम्म बढाइएको छ । जिल्लामा भदौ ४ गते देखि जारी निषेधाज्ञा १० गते राति १२ बजेसम्म थपिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

जिल्ला संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले निषेधाज्ञा थप्ने सिफारिस गरेपछि तीन दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए ।

निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने छन् भने हिँडडुल गर्नसमेत रोक लगाइएको छ ।

निषेधाज्ञा अवधिभर औषधि पसल, अस्पताल तथा स्वास्थ्यकेन्द्र, खानेपानी, विद्युत, फोहोरमैला ब्यवस्थापन लगायतका अत्यावश्यक सेवाबाहेकका अन्य कुनैपनि सेवाहरू सञ्चालन गर्न निषेध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?