+
+

अमेरिकामा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ८ गते ६:२३

८ भदौ, काठमाडौं । अमेरिकाले कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्न अनुमति दिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् ।

कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दै ट्रम्पले यो मजबुत लडाइँको हिस्सा भएको बताए । उनले यस लडाइँबाट धेरैको जीवन जोगाउन सकिने पनि बताए ।

ट्रम्पले प्लाज्मा थेरापीबाट मृत्यु दरलाई ३५ प्रतिशत घटाउन सकिने अनुसन्धानबाट पत्ता लागेको पनि बताए । त्यसैले कोरोना संक्रमणबाट निको भएकाहरुलाई प्लाज्मा दान गर्न उनले आह्वान गरे ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप छिट्टै बन्ने पनि विश्वासमेत व्यक्त गरेका छन् ।

अमेरिकामा विश्वमा सबैभन्दा धेरै ५६ लाख ९९ हजारभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित छन् भने १ लाख ७६ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?