+
+
Shares

विराटनगरमा कोरोना संक्रमितको मृत्यु

हरि अधिकारी हरि अधिकारी
२०७७ भदौ ८ गते ७:५५

८ भदौ, विराटनगर । विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आइतबार राति करिब १० बजे विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

४ भदौमा स्वाब संकलन गरेका पुरुषको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार बेलुकी नै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो । मृतक पुरुष संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति हुन् ।

योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १० पुगेको छ ।

विराटनगर वडा नम्बर ९ र १० मा २–२ जनाको मृत्यु भएको छ । वडा नम्बर १० का मृतकमध्ये एक जनाको स्थायी ठेगाना कटहरी गाउँपालिका हो ।

त्यस्तै विराटनगर महानगरपालिकाका २, ३, ५, ६ र १५ नम्बर वडामा एक–एक जनाको मृत्यु भएको छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?