Comments Add Comment

मेरो नाममा युटुबमा भ्यूज आउँदैन भनेर फिल्मबाट निकालिएँः नम्रता(भिडियो कुराकानी)

नायिका नम्रता सापकोटाले चलचित्र क्षेत्रमा ‘नोपोटिज्म र ग्रुपिज्म’को बहस गरिरहेकी छिन् । उनले यो बहसको सुरुवात गरेपछि उनको पक्ष र विपक्षमा आवाज धेरै सुनिए ।

उनै, नम्रताले अनलाइनखबरसँग कुरा गर्दै आफू विभिन्न कारणले चलचित्रबाट निकालिएको बताएकी छिन् । नम्रताले भनिन्–‘नम्रताको नाममा युटुबमा भ्यूज आउँदैन भनेर पनि मलाई चलचित्रमा लिइएनछ । मलाई त यो कुरा सुनेर अचम्म लाग्यो । युटुबमा भ्यूज पाउनका लागि मैले के गर्नुपर्ने हो ?’

उनले अगाडि भनिन्–‘युटुबमा भ्यूज पाउनका लागि मैले घरमा खाना बनाउँदै गरेको, सुतेको, उठेको, खाएको, नाचेको भिडियो हाल्नुपर्ने हो । यो त मेरो व्यक्तिगत कुरा हो । या, ४–५ जना पत्रकार बोकेर मैले जे गर्छु सबै युटुबमा हाल्नुपर्ने हो ।’

नम्रताले चलचित्र मेकरहरुको मानसिकता अगाडि बढ्न नसकेको बताइन् । उनले अगाडि भनिन्–‘गीत गाउने राम्रा कलाकार छन् । तर, टिकटकमा १५ सेकेन्डको भिडियो बनेपछि त्यो गीत हिट भयो । दर्शकको मनमा छाप छाड्नुपर्ने होइन र गीतले ?’

नम्रताले एउटा चलचित्रमा आफू राम्री भएको भन्दै नलिइएको पनि बताइन् । भनिन्–‘चलचित्रका लागि म फिट नहुनुको कारण, राम्री हुनु रहेछ भनेर मैले थाहा पाएँ । तर, मलाई कस्तो गेटअपमा ढाल्ने भन्ने त निर्देशकको काम होइन र भन्या । चलचित्रमा लिन नै नखोजेपछि यहाँ अनेक बहाना बनाएर निकालिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment