Comments Add Comment

विराटनगरले किन्यो पीसीआर मेसिन, मेयरले दिए एक वर्षको सुविधा

८ भदौ, विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना जाँचका लागि मेसिन खरिद गरेको छ । सम्भावित कोरोना संक्रमितको नमुना संकलन गरेको रिपोर्ट आउन ढिलो भएपछि महानगरले छुट्टै पीसीआर मेसिन खरिद गरेको हो ।

यो मेसिन कोशी अस्पताल विराटनगरले सञ्चालन गर्नेछ । मेसिन सञ्चालनका लागि महानगरपालिकाले कोशी अस्पताललाई २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको मेयर भीम पराजुलीले जानकारी दिए ।

महानगरसँग प्रविधिक जनशक्ति नभएका कारण सञ्चालनको जिम्मा कोशीलाई दिएको उनले बताए । ‘मेसिन सञ्चालनका लागि २५ लाख रुपैयाँ हस्तान्त्रण गरिसकेका छौं’ उनले भने, ‘अब पीसीआर रिपोर्ट आउन समय लाग्दैन ।’

मेयरले एक वर्षको सुविधा

महानगरपालिकाले निजी क्षेत्रको सहयोगमा मेसिन खरिद गरेको छ । मेसिन खरिद र सञ्चालनका लागि निजी क्षेत्रबाट ६० लाख रुपैयाँको प्रतिवद्धता आएको मेयर पराजुलीले बताए । उनले आफ्नो एक वर्षको सुविधा पनि यही काममा खर्चने बताएका छन् ।

यस्तै उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले सात लाख, उद्योगी तुलसीराम अग्रवालले पाँच लाख, गोल्छा हाउसले पाँच लाख, प्रदीप मुरारकाले पाँच लाख, नेपाली कांग्रेस प्रदेश १ प्रमुख सचेतक केदार कार्कीले एक लाख रुपैयाँ उपलब्ध गराएका छन् ।

उद्योग संगठन मोरङ अध्यक्ष भीम घिमिरेले एक लाख, नेपाली कांग्रेस विराटनगर कार्यबाहक सभापति अरुण न्यौपानेले एक लाख रुपैयाँ पीसीआर मेसिन खरिदका लागि दिएका छन् ।

उद्योग संगठन, व्यापार संघले सहयोग गर्ने प्रतिद्धता जनाएका छन् । ‘निजी क्षेत्रबाट मेसिन खरिद र सञ्चालनका लागि ६० लाख सहयोगको प्रतिवद्धता आएको छ’ मेयर पराुजलीले भने ‘मेसिन आइसक्यो, रिएजेन्ट पनि आउँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment