Comments Add Comment

साउदी अरेबियाले खोल्यो सीमा नाका

९ भदौ, काठमाडौं । साउदी अरेबियाले मुलुकको सीमा नाका खोल्ने निर्णय गरेको छ । सोमबार साउदी अरेबियाले आफ्ना नागरिक र गैर साउदी नागरिकाका लागि सीमा नाका खोल्ने तयारी भइरहेको बताएको हो ।

सरकारले जारी गरेको सूचनामा  अब मानिसहरु साउदी अरब प्रवेश गर्न सक्ने जनाइएको छ । साउदीको पासपोर्ट निर्देशनालयले अब गैर–साउदी नागरिकका लागि पनि प्रवेशको अनुमति दिने बताइएको छ । यससँगै छिमेकी मुलुकबाट सडकमार्ग हुँदै साउदी अरेबिया आउन सक्ने मानिसहरुको लागि बाटो खुलेको छ ।

गैर–साउदी नागरिकले साउदी अरेबिया प्रवेशका लागि ४८ घण्टा पहिला जारी गरिएको कोरोना भाइरसको परीक्षण नेगेटिभ आएको प्रमाणपत्र देखाउनुपर्ने हुन्छ । साउदीको भन्सार विभागले पनि कोरोना भाइरसको संक्रमण रोक्नका लागि लगाएको प्रतिबन्ध खुकुलो पार्ने निर्णय गरेको छ ।

सरकारले गैर–साउदी नागरिकलाई मुलुक प्रवेश गर्नुभन्दा पहिला आवश्यक कागजात देखाउन अनिवार्य गरिएको छ । साथै आफ्नो परिवारसँग साउदी अरेबिया आउन लागेका मानिसहरुले भने अनलाइनमार्फत् आवेदन स्वीकृत गराउनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment