Comments Add Comment

दयाहाङलाई दर्शकले म्यूजिक भिडियोमा कती रुचाए ?

नायक दयाहाङ राइलाई भर्सटायल कलाकार भनिन्छ । उनले अभिनय गरेका चलचित्रको व्यापारिक सफलता वा असफलता आफ्नो स्थानमा होला, तर उनले भने दर्शकको मन जितेका छन् । यसैले त दयाको अभिनय हेर्नैका लागि दर्शक हलसम्म जान्छन् ।

तर, दयाले पाएको सफलता जोगाउन नसकेको पनि भनिन्छ । अफर आएका चलचित्र नछाड्दा दया सस्तो देखिए । उनको अभिनयको फ्यान भएकाहरुले उनको चलचित्र हेर्न छाडे । यसैले, उनले अभिनय गरेका धेरै चलचित्र असफल पनि भए ।

उनै, दया फाट्टफुट्ट म्यूजिक भिडियोमा पनि काम गर्छन् । लकडाउन खुलेपछि दयाले मिलन चाम्सले निर्देशन गरेका २ वटा म्यूजिक भिडियोमा काम गरे । चलचित्रमा रुचाइएका यी कलाकारको म्यूजिक भिडियो भ्यूजको आधारमा र समिक्षाको आधारमा सफल भयो त ?

नायक विपिन कार्कीले अभिनय गरेको ‘डर छैन’ बोलको म्यूजिक भिडियोले दर्शकको तारिफ पायो । भ्यूज औषत भएपनि यो भिडियोमा विपिनको कामलाई रुचाइएयो । तर, दयाले भिडियोबाट तारिफ भने बटुलेका छैनन् ।

दयाले नायिका आँचल शर्मासँग अभिनय गरेको ‘त्यो तिमी हौं’ बोलको गीतले ३ दिनमा ५ लाख ५० हजार भन्दा बढी भ्यूज पाएको छ । गीतले दर्शकको साथ औषत पाएपनि दयाको कामको खासै चर्चा भएन ।

यस्तै, उनी अभिनित अर्को म्यूजिक भिडियो ‘बल्ल बल्ल भेट भो’ रिलिज भएको ३ साता बढी भयो । तर, यो भिडियोले ६ लाख ६५ हजार भ्यूज पाएको छ । यो दयाको स्टारडम अनुसार निकै कम भ्यूज हो ।

दयाले नै अभिनय गरेको ‘जहाजै चढेर’ बोलको गीत रिलिज भएको एक महिना बढी भयो । यो गीतले ५ लाख ५५ हजार भ्यूज बटुलेको छ । यसरी हेर्दा, दयाले अभिनय गरेका पछिल्ला ३ म्यूजिक भिडियो सफल देखिएका छैनन् । केही भिडियोको कन्सेप्ट राम्रो छन् भने कतिपय भिडियोहरु औषत मात्र छन् । जसलेगर्दा, दयाको गीतले दर्शकको उल्लेख्य साथ नपाएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment