+
+

थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा २३२

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ९ गते १६:२५

९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ३२७ नमुना परीक्षण गर्दा २७१ महिला र ५८४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ । उनीहरुमध्ये १९ हजार १९९ निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३१३ जना डिस्चार्ज भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २३२ संक्रमित थपिएका छन् । काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन् ।

यस्तै सर्लाहीका ५८, डोटीका ४५, रौतहटका ४४, मोरङका ४३, धनुषाका ४२, चितवनका ३७, कपिलवस्तुका २३, अछामका १९, दाङका १८, बारा र महोत्तरीका १७/१७ जना, सुनसरी र कैलालीका १६/१६ जना, बाँकेका १५, कास्कीका १३, कञ्चनपुरका १२ तथा रुकुम पूर्व र बझाङका ९/९ जना संक्रमित भएका छन् ।

धादिङ र नवलपरासीका ८/८ जना, तनहुँ र बार्दियाका ६/६ जना, झापा, काभ्रे, कालीकोट र सुर्खेतका ५/५, पर्सा, नवलपुर, पाल्पा, प्युठान, दैलेख र सल्यानका ४/४ जना, सप्तरी, सिराहा, दोलखा र रोल्पाका ३/३ जना तथा सोलुखुम्बु, मकवानपुर, सिन्धुपाल्चोक, गोरखा, पवर्त, गुल्मी, डडेलधुरा र वैतडीका २/२ को रिपोर्ट पनि पोजेटिभ आएको छ ।

उदयपुर, ओखलढुंगा, खोटाङ, नुवाकोट, लमजुङ, बाग्लङ, अर्घाखाँची, जुम्ला र मुगुमा १/१ जना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?