Comments Add Comment

ओमानमा दूताबास भवन बनाउन नेपालले जग्गा किन्यो

९ भदौ, काठमाडौं । ओमानको राजधानी मस्कटमा आवासीय दूतावास भवन बनाउनका लागि नेपालले जग्गा लिजमा लिएको छ । २० वर्षका लागि खरिद गरिएको जग्गाको मूल्य नेपालले प्रतिवर्ष ६ लाख ३७ हजार ७३५ रुपैयाँ बुझाउनुपर्छ ।

जग्गा खरीद सम्बन्धी सम्झौतामा मंगलबार ओमानस्थित नेपाली राजदूत शर्मिला पराजुली ढकालले हस्ताक्षर गरेकी छिन् । ओमान सरकारका तर्फबाट त्यहाँको परराष्ट्र मन्त्रालयका सचिव मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबीले हस्ताक्षर गरे ।

नेपाली दूतावास भएका देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीतिबमोजिम मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको राजदूत ढकालले अनलाइनखबरलाई बताइन् ।

यो सम्झौतासँगै समग्र खाडी क्षेत्रमा आफ्नै भवन हुने पहिलो नेपाली दूतावास हुने दिशामा नेपाली दूतावास ओमान अघि बढ्ने ढकालको दाबी छ । आफ्नै भवन हुँदा दूतावासको बर्षेनी घर भाडामा हुने खर्चमा व्यापक कटौती भई मुलुकलाई आर्थिकरूपमा समेत बोझ कम हुने उनले बताइन् ।

हाल भाडामा रहेको ओमानस्थित नेपाली दूताबासको कार्यालय एवं आवासीय खर्च मासिक १५ लाखभन्दा बढी अर्थात, वार्षिक १ करोड ८३ लाखको हाराहारीमा हुने गरेको छ ।

सम्झौताअनुरूप ओमानको कूटनीतिक हाताभित्र ४१ सय वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको हो । उक्त अवधिपश्चात् आपसी सहमतिमा सम्झौताको अवधि बढाइने सम्झौतामा उल्लेख छ ।

लिजमा लिइएको जग्गामा अब चाँडै भवन बनाउने राजदूत ढकालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment