Comments Add Comment

कैलालीमा मृत्यु भएको १० दिनपछि कोरोना पुष्टि

९ भदौ कैलाली । कैलालीमा एक व्यक्तिमा मृत्यु भएको १० दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ । साउन ३२ गते मृत्यु भएका मंगलबार जिल्लाको बर्दगोरिया गाउँपालिका– ५ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कैलालीकै मोहन्याल गाउँपालिका–३ मा मृत्यु भएपछि उनको शव भदौ १ गते उनका आफन्तले घर ल्याएका थिए । उनको शव घर ल्याउने क्रममा बाटोमै संकलन गरिएको थियो ।

‘लास घर ल्याउँदै गर्दा हामीले बाटोबाटै स्वाब सङ्कलन गरेका थियौं, आज रिपोर्ट पोजेटिभ आयो’ बर्दगोरियाका स्वास्थ्य शाखा प्रमुख कृष्ण देव जोशीले भने ।

उनको अन्त्येष्टिमा १५० जना मलामी गएको स्थानीयको अनुमान छ । अहिले उनीहरुको खोजी भइरहेको जोशीले बताए ।

उनले मृतकको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूको बुधवार स्वाब परीक्षण गर्ने तयारी भइरहेको जनाए । ‘उनी राजनैतिक दलका कार्यकर्ता हुन् । भारत गएका थिएनन् भन्ने बुझिएको छ ’उनले भने ‘थप विषय हामी खोज्दैछौं ।’

झाडापखालाका कारण उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । ‘उहाँको झाडापखालाका कारण मृत्यु भएको थियो’ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने ‘मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment