Comments Add Comment

नेपाल भित्रिन थाल्यो साल्ट ट्रेडिङले ल्याएको युरिया मल

१० भदौ, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद गरेको यूरिया मल नेपाल भित्रिन सुरु भएको छ । पछिल्लो तीन दिनमा वीरगन्ज र विराटनगर नाका भएर तीन हजार सात टन यूरिया मल नेपाल भित्रिएको साल्ट ट्रङले जनाएको छ ।

मंगलबार साँझ वीरगन्जमा रेलमार्फत एक र्‍याक २५ सय टन र विराटनगरमा तीन दिनदेखि ट्रकमार्फत ५०७ टन यूरिया मल भित्रिएको कर्पोरेसनका सूचना अधिकारी कुमार राज भण्डारीले जानकारी दिए ।

कर्पोरेसनले नेपाल भित्र्याउन जिम्मा पाएको ३२ हजार टनमध्ये तीन हजार टन मल नेपाल भित्रिएको हो । कलकत्ता बन्दरगाह आएर थन्किएको बाँकी २९ हजार टन मल नेपाल भित्रिन अझै तीन साता लाग्ने कर्पोरेसनले जनाएको छ ।

दुई हजार पाँच सय टनको कार्गो र्‍याक लोड भइसकेको र शुक्रबारसम्म वीरगन्ज आइपुग्ने साल्ट ट्रेडिङले जनाएको छ । विराटनगरबाट हरेक दिन ट्रकमार्फत मल ल्याएर राखिएको कर्पोरेसनले जनाएको छ ।

अधिल्लो आर्थिक वर्षको बजेटमार्फत दुवईको मल्टी कमोडीटी प्रालिले २१ हजार ५०० टन र जोशीवीद् कम्पनीले ११ हजार ५ सय टन यूरिया मल नेपाल भित्र्याउने जिम्मा पाएका थिए ।
कोभिडका कारण खरिद भएको मलको सिपिङ गर्न नसकिएको तथा कलकत्ता बन्दरगाह बन्द हुँदा आएको मल समयमै नेपाल ल्याउन नसकिएको साल्ट ट्रेडिङले दाबी गरेको छ ।

नेपाल भित्रिएको मल वितरण सुरु भइसकेको कर्पोरेसनले जनाएको छ । विराटनगरबाट भित्रिएको मल कृषि मन्त्रालयसँगको समन्वयमा राजविराज, लाहान देखि झापासम्म वितरणका लागि मल पठाइसकिएको साल्ट ट्रेडिङले जनाएको छ ।

वीरगन्जबाट भित्रिएको मल तराई र पहाडका जिल्लामा मिलाएर वितरण गरिने कृषि मन्त्रालयले जनाएको छ ।

कृषि सामाग्री कम्पनी लिमिटेडले भित्र्याउन खरिद प्रक्रिया थालेको मल भने अझै कलकत्ता बन्दरगाह आउने क्रममै रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment