+
+
Shares

उपत्यकामा एकैदिन भेटिए ३०१ कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १० गते १६:२६

१० भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यससँगै र काठमाडौंमा कुल संक्रमितको संख्या ३ हजार १८१ पुगेको छ ।

यस्तै बुधबार ललितपुरका ४७ र भक्तपुरका २४ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै ललितपुरका कुल संक्रमितको संख्या ५१० र भक्तपुरमा ३२४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?