+
+
Shares

दक्षिण कोरियामा भेटिए मार्चयताकै सबैभन्दा धेरै दैनिक नयाँ संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ११ गते १०:४७

११ भदौ, काठमाडौं । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा गत मार्चयताकै सबैभन्दा धेरै दैनिक नयाँ संक्रमित फेला परेका छन् । दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारी अनुसार उक्त अवधिमा ४४१ नयाँ संक्रमित फेला परेका हुन् । यो संख्या गत मार्चयता एकैदिनमा भेटिएका सबैभन्दा धेरै नयाँ संक्रमित हुन् ।

दक्षिण कोरियामा मार्च ७ पछि पहिलोपटक एकैदिन चार सयभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेका हुन् । यससँगै दक्षिण कोरियामा कोरोना भाइरस नियन्त्रणको लागि विभिन्न किसिमका योजना अघि सारिएको भए पनि दैनिक नयाँ संक्रमितको संख्या भने बढ्दो क्रममा देखिएको हो । अगष्ट १४ को तुलनामा दैनिक नयाँ संक्रमितको संख्या तीन गुणा बढिसकेको छ ।

अहिले दक्षिण कोरियामा १० जनाभन्दा धैरै मानिसको भेलामा रोक लगाइएको छ । साथै सिनेमा, क्याफे र विवाह समारोहजस्ता भेलामा रोक लगाइएको छ ।

यसैबीच दक्षिण कोरियाले कोरोना भाइरसबाट बच्न घरबाटै काम गर्न मानिसहरुलाई आग्रह गरेको छ ।

स्रोत :अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?