Comments Add Comment

दीपेन्द्रको ‘चिसो मान्छे’मा स्वस्तिमा फाइनल

निर्देशक दीपेन्द्र के खनाल चलचित्र ‘चिसो मान्छे’ निर्देशनको तयारीमा छन् । शर्मिला पाण्डेले यो चलचित्रको निर्माण गर्दैैछिन् । यो चलचित्रका लागि कलाकार फाइनल गर्ने क्रम पनि निर्देशकले अगाडि बढाएका छन् ।

श्रोतका अनुसार, यो चलचित्रका लागि नायिका स्वस्तिमा खड्का मुख्य भूमिकामा फाइनल भएकी छिन् । स्वस्तिमा र निर्माणपक्षविच केही दिन अगाडि मात्र संझौता भएको हो । चलचित्र ‘चपली हाइट ३’ रिलिजको प्रतिक्षामा रहेकी स्वस्तिमाले सामाजिक कथामा बन्न लागेको यो चलचित्रमा काम गर्न सहमती जनाएको वुझिएको छ ।

निर्देशक खनाल र नायिका खड्काले चलचित्र ‘लभ लभ लभ’मा एकसाथ काम गरेका थिए । नायिका स्वस्तिमा खड्का चलचित्र ‘बुलबुल’बाट चर्चामा छिन् । यो चलचित्रमा उनले गरेको अभिनयको सर्वत्र तारिफ भयो । दिपेन्द्रको चलचित्रमा स्टारडम भन्दा कथा र पात्र बढी हाबी हुने गर्दछ । यसैले पनि उनले स्वस्तिमालाई फाइनल गरेको हुनुपर्छ ।

चलचित्रको छायांकन सरकारले अनुमती दिएसँगै सुरु हुनेछ । चलचित्रको प्रदर्शन मिति आउँदो बर्षको भदौ ११ गतेलाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment