+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

महेन्द्र श्रेष्ठ फेरि स्वास्थ्य मन्त्रालयमा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ११ गते १७:३०

११ भदौ, काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशक पदबाट स्वास्थ्य मन्त्रालय तानिएका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले अढाई महिनापछि जिम्मेवारी पाएका छन्।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई नीति योजना तथा गुणस्तर महाशाखाको जिम्मेवारी दिएका हुन्। उनलाई कोभिड-१९ समेत हेर्ने गरी जिम्मेवारी तोकिएको सहसचिव रघुराम विष्टले जानकारी दिए ।

यसअघि यो जिम्मेवारी पनि अर्का प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले सम्हाल्दै आएका थिए । अब डा पोखरेलको भागमा स्वास्थ्य समन्वय र जनसंख्या महाशाखाको जिम्मेवारी रहेको छ।

यसअघि श्रेष्ठ विभागमा हुँदा मन्त्रालयमा प्रमुख विशेषज्ञद्धय पोखरेल र डा दीपेन्द्ररमण सिंहले जिम्मेवारी बाँढिएको थियो।

मन्त्रालय तानिसकेपछि श्रेष्ठलाई भने अहिलेसम्म सीसीएमसीमात्रै हेर्न भनिएको थियो । श्रेष्ठ गत २२ जेठमा मन्त्रालय तानिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?