+
+

धनुषामा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ११ गते १७:२५

जनकपुरधाम, ११ भदौ । धनुषामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका- ४ का ४५ बर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

रुघाखोकी, ज्वरो देखिएपछि बुधबार प्रादेशिक अस्पताल जनकपुधाम लगिएको उनको उपचार सुरु भएको २ घण्टामै मृत्यु भएको थियो ।

उनको स्वाब सं‌कलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

झाका अनुसार ती पुरुषमा मधुमेह र क्षयरोगको समस्या पनि थियो । धनुषामा योसँगै कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?